
Coffee
Using natural pest control on your coffee crops – what are the benefits and how do you do it? Our guide takes you through the steps from start to finish to help you start using safer pest control.
हामी हाम्रा प्रयोगकर्ताहरुलाई क्यावी जैविक संरक्षण पोर्टलमा उपलव्ध उत्पादनहरुको उत्कृष्ट प्रयोग गर्न आवश्यक पर्ने सबै जानकारी उपलव्ध गराउन प्रतिवद्द छौं । तलको हाम्रो श्रोत खण्डले जैविक नियन्त्रण तथा जैविक विषादीहरुको बारेमा व्यापक सुचना समावेश गर्दछ ।
यसमा जैविक नियन्त्रण भनेको के हो, जैविक नियन्त्रण उत्पादनहरु कसरी प्रयोग गर्ने, के फाइदाहरु छन्, उपलव्ध विभिन्न प्रकारका सामग्रीहरु, शत्रुजीवहरु कसरी पहिचान गर्ने र उत्पादनहरुको प्रयोग सँग सम्वन्धीत नियमहरु पनि समावेश छन ।
Using natural pest control on your coffee crops – what are the benefits and how do you do it? Our guide takes you through the steps from start to finish to help you start using safer pest control.
कुनै उत्पादनको प्रभावकारिता सुनिश्चिततामा शत्रुजीव व्यवस्थापनका लागि जैविक विधीहरुमा आधारित उत्पादनको भण्डारण, परिचालन, प्रयोगको तरिका र समय अत्यन्तै महत्वपूर्ण हुन सक्छन । यहाँ तपाईंले विभिन्न श्रोतहरु भेट्टाउनुहुनेछ जसले तपाईंलाई तपाईंको उत्पादन प्रणालीमा यी एजेन्टहरुको प्रभाव बढाउने कार्य गर्दछन ।
तपाईंको समस्या शत्रुजीवको पहिचानको बारेमा जानकारी हुनु सो शत्रुजीव व्यवस्थापनको प्रभावकारी माध्यमहरुको श्रोत व्यवस्थापनका लागि अति महत्वपूर्ण हुन्छ । यहाँ हामी शत्रुजीव पहिचानमा सहयोग, र तपाईंको निदान क्षमताको अन्तर्निहित विकासका लागि निर्देशन र उपकरणहरु प्रदान गर्छौं ।
जैविक नियन्त्रण एजेन्टहरुको दायरा र तिनीहरुबाट लक्षित शत्रुजीवहरुसँग अन्तर्क्रिया गर्ने तरिकाको राम्रो वुझाइले तपाईंको उत्पादन प्रणालीको लागि उपयुक्त एजेन्ट छनौटमा सहयोग गर्न सक्छ, यतिमात्र नभै तिनीहरु कसरी अझ प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा भित्री ज्ञान पनि प्रदान गर्दछ । यहाँ हामी यस्ता नयाँ खालका विधीहरुमा अझ वढी सूचना प्रदान गर्नका लागि अतिरिक्त सुचना तथा श्रोतहरु प्रदान गर्दछौं ।
कृषि र वातावरणीय शत्रुजीवहरुको व्यवस्थापनका लागि अझ वढी दिगो विधी भनेको जैविक विधीबाट नियन्त्रण (वा जैविक नियन्त्रण) को प्रयोग नै हो । यहाँ हामी शत्रुजीव व्यवस्थापनका लागि जैविक नियन्त्रण तथा जैविक नियन्त्र०का विभिन्न प्रकारका तरिकाहरु संक्षेपमा व्याख्या गर्छौं ।