
Products compatible with Rainforest Alliance certification program now highlighted on CABI BioProtection Portal
We are delighted to announce that the Rainforest Alliance’s frog logo is now visible on the CABI BioProtection Portal.
आइभोरी कोस्ट मा जैव संरक्षण
उत्पादनहरू फेला पार्नुहोस्
तपाईंले हेरी रहनुभएको देशका लागि जैविक नियन्त्रण र जैविक विषादी पत्ता लगाउनुहोस
उत्पादक र सुझावकर्ताहरुबाट जैविक नियन्त्रण र जैविक विषादी उत्पादनहरु उठाउनका लागि र चेतना वढाउनका यौटा निशुल्क उपकरण
क्यावी जैविक संरक्षण पोर्टल यौटा निशुल्क, वेभमा आधारित उपकरण हो जसले प्रयोगकर्ताहरुलाई विश्वभरीका पञ्जिकृत जैविक नियन्त्रण र जैविक विषादी उत्पादनहरुको बारेमा सूचना पत्ता लगाउन सक्षम बनाउँछ ।
We are delighted to announce that the Rainforest Alliance’s frog logo is now visible on the CABI BioProtection Portal.
There are many advantages of biocontrol compared to chemical pest control. In this blog, we look at five of the main ones.
Demand for residue-free food is increasing, and chemical solutions are becoming less available, reports e-nema GmbH
The CABI BioProtection Portal is a great endeavor that confronts three main issues in adopting biological control practices. Firstly, recommendations are based on a specific crop. Secondly, the list of options represents the products registered in a respective country for a specific crop and pest, and are thus supported by research, analysis and quality control. Finally, it also contains recommendations related to storage and field application, which is helpful for farmers and personnel who are often familiar with spraying chemicals but not with releasing or applying beneficials. As a researcher of biological control and as a member of the IOBC-NTRS I applaud this initiative and hope it can help the positioning of biological control and sustainable practices as the first options for pest management at a global scale.
जैविक नियन्त्रण मानवजातीलाई खुवाउनकालागि ठूलो सम्भावना भएको एक आकर्षक प्रविधि हो । वास्तवमा, जैविक नियन्त्रण पद्धतीले रासायनिक एजेन्टहरु भन्दा कृषि-वातावरणमा वृहतरुपमा सकारात्मक प्रभाव पार्छ । यध्यपि, प्रायः यी संयन्त्रहरुलाई जीवविज्ञान र अन्तरविशिष्टिय अन्तर्क्रियाहरुको राम्रो बुझाइ चाहिन्छ र यो जानकारी दुर्लभ छ । यो पोर्टल धेरै मूल्यवान छ किनभने यसले जैविक नियन्त्रणको बारेमा जानकारी फैलाउन मद्दत गर्दछ र वर्तमान कृषि अभ्यासहरुलाई थप दिगो, सुरक्षित र हरित खाद्य उत्पादनमा रुपान्तरण गर्ने हामी सबैको प्रयासलाई थप टेवा पुर्याउँदछ ।
हाल सालमा, बजारमा नयाँ जैविक विषादीहरुको उत्पादन आउने क्रम वास्तवमै द्रुत छ । अत: त्यस्ता उत्पादनहरुलाई सही ढंगबाट प्रयोग गर्नकालागि कृषकहरुलाई जानकारी गराउनु साथै शत्रुजीव एवं रोगहरुको जैविक नियन्त्रणको फाईदाहरुको बारेमा सर्व साधारणहरु समेतलाई जानकारी गराउनु ज्यादै महत्वपूर्ण छ । यसले त्यस्ता जैविक उत्पादनहरुको ग्रहणलाई तिव्रता दिन साथ साथै त्यस्ता जैविक उत्पादनहरुको प्रयोगबाट अझ धेरै दिगो तरिकाबाट उत्पादन गरिएको खाद्ध्यान्नको मागलाई समेत बढाउँछ । त्यसकारण "क्यावी जैविक संरक्षण पोर्टल" जस्ता पहलहरु, जसले उत्पादकहरु र सर्बसाधारण जनतालाई सटिक जानकारी प्रदान गर्दछ, ठुलो महत्व राख्दछ । जैविक उत्पादनहरुका बारेमा कृषकहरुले जति धेरै जानकारी प्राप्त गरे त्यति नै छिटो उनीहरुले आफ्नो वालीमा त्यस्ता चिजहरुको सफलतापूर्वक ग्रहण गर्दछन ।
मैले यसको बारेमा परिचित भए देखि नै क्यावी जैविक संरक्षण पोर्टल प्रयोग गर्दै आएको छु । यो पोर्टलमा कृषकहरुलाई तालिम दिनका लागि आवश्यक पर्ने सबै सुचना छन जसले मलाई रियल आईपिएमका उत्पादनहरु साफी प्राङ्गारिक तथा जैविक विषादीहरुको प्रयोगबाट धेरै भन्दा धेरै कृषकहरुलाई प्राङ्गारिक कृषिमा आकर्षित गर्न सहयोग गरेको छ । पहिले, जहाँ म र मेरा कृषकहरु पञ्जिकृत विषादीहरुको श्रोत थाह पाउनकालागि संघर्षरत थियौं, ठिक विपरित यो पोर्टलले पञ्जिकृत विषादीहरु मात्र समावेश गरेको छैन यसले भिन्ना भिन्नै वालीहरुकालागि प्रयोगको दर एवं भण्डारणका सुचनाहरु समेत समावेश गरेको छ । यो पोर्टलको माध्यमबाट मैले विभिन्न जैविक विषादीहरु बेच्ने विश्वासिला कम्पनीहरुको सञ्जाल निर्माण गरेको छु जसले कृषकहरुलाई उनीहरुको फार्ममा प्रयोग गर्नका लागि जैविक विषादीहरुको छनौटका लागि व्यापक दायरा बढाउन मद्दत गरेको छ ।
यो पोर्टलले बाली विज्ञको रुपमा मेरो कामलाई व्यापक हिसाबबाट सहयोग गरेको छ । पहिले म कृषकका फार्ममा गएर सल्लाह दिने काम र केही सन्दर्भ सामग्रीहरु लिने कामलाई पछिका लागि साँचेर राख्थें, अहिले उनीहरुको खेतमा शत्रुजीव समस्याको साथै सटिक विस्तृत र तुरुन्तै जवाफ दिन सक्षम भएको छु । पहिले भन्दा पृथक, जब हामी यस्तै जानकारीका लागि गुगलमा खोज्थ्यौं, त्यहाँबाट धेरै अमुर्त जानकारी भेट्थ्यौं, अब यो पोर्टलको साथमा तपाईं कृषकहरुलाई विस्तृत र अद्यावधिक जवाफ दिनका लागि सुनिश्चित हुनुहुन्छ । पोर्टलले मेरो कामलाई वढावा दिएको छ किनभने मैले जैविक विषादीहरुको आपूर्तिकर्ताहरु सँगको सञ्जाल बनाउन र सुचनाहरु नियमित रुपमा साटासाट गर्न सक्षम भएको छु । मेरा कृषकहरु सँग पोर्टलले प्रदान गरेको विस्तृत दायराको समाधानहरुको छनौटका आधारहरु छन । फेसवुक र अन्य सामाजिक सञ्जालहरुमा जैविक विषादीहरुको विज्ञापन देखेछु तिनीहरु पञ्जिकृत छन की छैनन जाँच गर्न पनि यो पोर्टललाई सिफारिश गर्न सक्षम छु ।
क्यावी जैविक संरक्षण पोर्टलको सौन्दर्य यो हो कि यो एक निशुल्क, वेवमा आधारित उपकरण हो जसले प्रयोगकर्ताहरुलाई विश्वभरी पञ्जिकरण गरिएका जैविक नियन्त्रण र जैविक विषादी उत्पादनहरुका बारेमा जानकारी भेट्टाउनमा सक्षम बनाउँछ र तिनीहरुलाई उचित निर्णय लिन मद्दत गर्दछ; वा मौजुदा र भरपर्दो जानकारीको आधारमा आफ्ना निर्णयहरु लिनका लागि आफ्ना ग्राहक/ सरोकारवालाहरुलाई सहयोग गर्दछ ।
यसले हामीलाई उत्पादकहरुको आवश्यकताहरुमा केन्द्रित हाम्रो बजार महत्वाकांक्षाहरुलाई सहयोग गर्न र हाम्रा उत्पादनहरुको जिम्मेवार र दिगो प्रयोग सुनिश्चत गर्नको लागि हाम्रो विकसित जैविक पोर्टफोलियोमा भरपर्दो जानकारी प्रदान गर्न सहयात्रीको रुपमा मद्दत गर्दछ
हामी क्यावी जैविक संरक्षण पोर्टललाई सहयोग गर्छौं किनभने यसले पर्यावरण-मैत्री उत्पादनहरुको प्रयोगलाई सहयोग गर्दछ र माटो र विरुवाको स्वास्थ्य, साथै दिगो र पुनरुत्पादक अभ्यासहरुलाई प्रोत्साहन गर्छ । यसले उत्पादकहरुलाई स्थानीय श्रोत र विशेषज्ञहरुसँग जोड्दछ र यसले उत्पादन कृषिमा शत्रुजीव समस्याहरुको जैविक समाधानहरुमा रुची राख्नेहरुलाई सिकाउने र सूचित गर्न मद्दत गर्न तथ्यपरक जानकारी प्रदान गर्दछ ।
Using natural pest control on your coffee crops – what are the benefits and how do you do it? Our guide takes you through the steps from start to finish to help you start using safer pest control.
कुनै उत्पादनको प्रभावकारिता सुनिश्चिततामा शत्रुजीव व्यवस्थापनका लागि जैविक विधीहरुमा आधारित उत्पादनको भण्डारण, परिचालन, प्रयोगको तरिका र समय अत्यन्तै महत्वपूर्ण हुन सक्छन । यहाँ तपाईंले विभिन्न श्रोतहरु भेट्टाउनुहुनेछ जसले तपाईंलाई तपाईंको उत्पादन प्रणालीमा यी एजेन्टहरुको प्रभाव बढाउने कार्य गर्दछन ।
तपाईंको समस्या शत्रुजीवको पहिचानको बारेमा जानकारी हुनु सो शत्रुजीव व्यवस्थापनको प्रभावकारी माध्यमहरुको श्रोत व्यवस्थापनका लागि अति महत्वपूर्ण हुन्छ । यहाँ हामी शत्रुजीव पहिचानमा सहयोग, र तपाईंको निदान क्षमताको अन्तर्निहित विकासका लागि निर्देशन र उपकरणहरु प्रदान गर्छौं ।
जैविक नियन्त्रण एजेन्टहरुको दायरा र तिनीहरुबाट लक्षित शत्रुजीवहरुसँग अन्तर्क्रिया गर्ने तरिकाको राम्रो वुझाइले तपाईंको उत्पादन प्रणालीको लागि उपयुक्त एजेन्ट छनौटमा सहयोग गर्न सक्छ, यतिमात्र नभै तिनीहरु कसरी अझ प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा भित्री ज्ञान पनि प्रदान गर्दछ । यहाँ हामी यस्ता नयाँ खालका विधीहरुमा अझ वढी सूचना प्रदान गर्नका लागि अतिरिक्त सुचना तथा श्रोतहरु प्रदान गर्दछौं ।
कृषि र वातावरणीय शत्रुजीवहरुको व्यवस्थापनका लागि अझ वढी दिगो विधी भनेको जैविक विधीबाट नियन्त्रण (वा जैविक नियन्त्रण) को प्रयोग नै हो । यहाँ हामी शत्रुजीव व्यवस्थापनका लागि जैविक नियन्त्रण तथा जैविक नियन्त्र०का विभिन्न प्रकारका तरिकाहरु संक्षेपमा व्याख्या गर्छौं ।
तपाईंले हेरी रहनुभएको देशका लागि जैविक नियन्त्रण र जैविक विषादी पत्ता लगाउनुहोस