अफलाईनमा जानुहोस

क्यावी जैविक संरक्षण पोर्टल अहिले मोवाईल उपकरणमा अफलाईन उपलव्ध छ । हाम्रो पालना गर्नुहोस चरण-चरणको निर्देश अफलाईन संस्करण डाउनलोड गर्न र कुनै पनि समय र कहिं पनि आफ्नो देशका उत्पादनहरु ब्राउज गर्न 

अफलाईन बारम्बार सोधिने प्रश्नहरु

अफलाईन बारम्बार सोधिने प्रश्नहरु

  • अफलाईन संस्करण प्रयोग गर्नकालागि मलाई के आवश्यक पर्दछ ?

    तपाईंलाई पहिलो पटक अफलाईन संस्करण डाउनलोड गर्न इन्टरनेटको पहुँचमा भएको मोवाईल उपकरण आवश्यक पर्दछ । शुरुमा डाउनलोड गर्दा अधिकतम केही मिनेट मात्र लाग्छ । तपाईंको मोवाईल उपकरणमा तथ्याङ्क डाउनलोड भएपछि, तपाईंले ईन्टरनेटको जडान विना नै सबै उत्पादनहरु खोज्न सक्नुहुन्छ । 

    कृपया ध्यान दिनुहोस, तपाईंले एक पटकमा यौटा देश र भाषा संयोजनका लागि मात्र तथ्यांक डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाईंले फरक देश वा अर्को भाषामा उत्पादन जानकारी डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईंले मोवाईल उपकरणबाट कुनैपनि अघिल्लो डाउनलोडहरु अनईन्सटल गर्नुपर्नेछ ।   

  • मैले क्यावी जैविक संरक्षण पोर्टलको अफलाईन संस्करण कसरी डाउनलोड गर्न सक्छु ?

    अफलाईन संस्करण डाउनलोड गर्न, तपाईंले यहाँ भएको भिडियो निर्देशलाई पछ्याउन सक्नुहुनेछ 

    चरणहरु निम्नानुसार छन:  

    • मोवाईल उपकरणमा क्यावी जैविक संरक्षण पोर्टल खोल्नुहोस । 
    • आफ्नो देश छनौट गर्नुहोस र आफ्नो वाली वा शत्रुजीवकोलागि खोज्नुहोस । त्यसपछि तपाईं अफलाईन जान चाहनुहुन्छ की भनेर सोध्नकालागि प्रम्प्ट प्राप्त गर्नुहुनेछ । 
    • यदि तपाईंले प्रम्प्ट देख्नुभएन वा तपाईंले खोजी गर्न आवश्यक छ, र त्यसपछि ‘उत्पादन खोज्नुहोस’ बटन अन्तर्गत कोग आईकनमा क्लिक गर्नुहोस ।  
    • एप्पल प्रयोगकर्ताहरुको लागि, निर्देशनहरु सहित एक पप-अप बक्स देखा पर्नेछ । एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि, एक पप-अप बक्स देखा पर्नेछ र तपाईंले ईन्सटल छनौट गर्न आवश्यक छ ।  
    • वेबसाईटमा दिईएका निर्देशनहरु पालना गर्नुहोस । 
    • अब, क्यावी जैविक संरक्षण पोर्टल आईकन तपाईंको होमस्क्रिनमा देखा पर्नेछ ।  
    • यसलाई खोल्नकालागि क्यावी जैविक संरक्षण पोर्टल आईकनमा क्लिक गर्नुहोस । जब क्यावी जैविक संरक्षण पोर्टल खुल्छ, त्यहाँ एक प्रम्प्ट हुन्छ ।  
    • ‘डाउनलोड’ वटन छनौट गर्नुहोस । जब डाउनलोड बार १००% पुग्छ, ‘बन्द गर्नुहोस’ चयन गर्नुहोस ।  
    • अव तपाईंले चयन गरिएको भाषा र देशमा दर्ता गरिएका उत्पादनहरु अफलाईन खोज्न सक्नुहुन्छ । 
  • के मैले यसलाई एप स्टोर वा गुगल प्ले स्टोरमा भेट्टाउन सक्छु ?

    क्यावी जैविक संरक्षण पोर्टल अफलाईन संस्करण गुगल प्ले वा एप्पल एप स्टोरमा छैन । यसमा पहुँच प्राप्त गर्न तपाईंले देश चयन गर्न आवश्यक छ, शत्रुजीवको वाली प्रविष्ट गर्नुहोस र खोजी गर्नुहोस । त्यसपछि तपाईंले अफलाईन संस्करण डाउनलोड गर्न चाहनुहुन्छ की भनेर सोधिएको पप-अप देख्नुहुन्छ । तपाईंले प्रम्प्टहरुमा दिईएका चरणहरु पालना गर्न वा भिडियोमा वा माथि सूचिवद्द गरिएका निर्देशनहरु पालना गर्न आवश्यक हुनेछ । 

  • क्यावी जैविक संरक्षण पोर्टलको अफलाईन संस्करणमा के जानकारी छ ?

    अफलाईन संस्करणले चयन गरिएको देशमा पञ्जिकरण गरिएका जैविक संरक्षण उत्पादनहरुको बारेमा मुख्य जानकारी समावेश गर्दछ । कृपया ध्यान दिनुहोस, उत्पादन जानकारी एक पटकमा एक देश र एक भाषामा मात्र डाउनलोड गर्न सकिन्छ । 

    हेर्न मिल्ने उत्पादन जानकारीमा उत्पादनको प्रकार, खास तत्व, पञ्जिकरण कर्ता, निर्माता र अन्य अनुमति प्राप्त प्रयोगहरु समावेश हुन्छन ।  

    यसका साथै, हाम्रा केही साझेदार प्रायोजित उत्पादनहरु, जस्तै वितरक, व्यक्तिगत संरक्षण सामग्री (PPE), भण्डारण आवश्यकताहरु र प्रयोग तरिकाको सल्लाहहरुका लागि थप विस्तृत उत्पादन जानकारी उपलव्ध छ । 

    कुनै पनि अतिरिक्त जानकारी वेबसाईटमा उपलव्ध छ । 

  • उत्पादनहरु र जैविक संरक्षण श्रोतहरुको बारेमा मैले थप जानकारी कहाँ पाउन सक्छु ?

    उत्पादनहरु बारे थप जानकारी भेट्टाउनका लागि, जस्तै उत्पादन लेवलहरु र सुरक्षा तथ्यांकसुची तपाईंले अनलाईन हुँदाका वखत क्यावी जैविक संरक्षण पोर्टल अफलाईन संस्करण वा वेबसाईटमा जान आवश्यक हुनेछ । यो जानकारी बाह्य लिङ्कहरुबाट प्रदान गरिएको हुनाले, यो अफलाईन संस्करणमा समावेश गरिएको छैन । 

    अतिरिक्त जानकारीका लागि, जस्तै समाचार र सूचना, जैविक संरक्षण श्रोतहरु, बारम्बार सोधिने प्रश्नहरु (FAQs), रोडम्याप, र विवरणहरु, यी क्यावी जैविक संरक्षण वेबसाईटमा मात्र फेला पार्न सकिन्छ ।  

  • अफलाईन संस्करणमा मैले कसरी पृष्ठपोषण दिन सक्छु ?

    अफलाईन संस्करणमा प्रतिक्रिया दिन, तपाईंले अफलाईन संस्करणको शीर्ष दायाँ तर्फको कुनामा रहेको ‘!’आईकन चयन गर्न सक्नुहुन्छ । यसले यौटा फारममा पुर्याउँछ जुन टिमलाई ईमेल गरिनेछ । वैकल्पिक रुपमा, तपाईंले bioprotectionportal@cabi.org मा सिधै ईमेल गर्न सक्नुहुन्छ । 

    हामी तपाईंको प्रतिक्रियालाई वास्तवमै कदर गर्छौं । यसले हामीलाई भविष्यमा हाम्रा कार्य सुधार गर्नकालागि पोर्टल विकास गर्न मद्दत गर्नेछ र हामीले प्राप्त गर्ने सबै पृष्ठपोषणहरुको समिक्षा गर्नेछौं । 

  • डाउनलोड गरिएको देश प्याकमा अध्यावधिकहरु आवश्यक पर्दा के हुन्छ?

    अद्यावधिकहरुकालागि जाँच गर्न, तपाईंले अफलाईन संस्करणको शीर्ष दायाँ तर्फको कुनामा रहेको कोगमा क्लिक गर्न आवश्यक छ । 

    तपाईंको अफलाईन संस्करणमा यी नयाँ उत्पादनहरु थप्नको लागि, तपाईं ईन्टरनेट जडानमा पहुँच हुन आवश्यक छ । जब तपाईंसँग ईन्टरनेट पहुँच हुन्छ, तपाईंले अफलाईन संस्करणको शीर्ष स्थानमा रहेको यो प्रम्प्ट क्लिक गर्न आवश्यक छ र नयाँ उत्पादनहरु बारे जानकारी डाउनलोड गर्न निर्देशनहरु पालना गर्नुहोस ।  

    त्यसपछि यी नयाँ-थपिएका उत्पादनहरु र तिनीहरुको बारेमा जानकारी कुनै पनि समयमा अफलाईन संस्करणमा उपलव्ध हुनेछ ।