क्यावी जैविक नियन्त्रण पोर्टल यौटा निःशुल्क उपकरण हो जसले प्रयोगकर्ताहरुलाई विश्वभरीका पञ्जिकृत जैविक नियन्त्रण तथा जैविक विषादी उत्पादनहरुको बारेमा जानकारी पत्ता लगाउन सक्षम बनाउँछ । यो अनलाईन र अफलाईनमा उपलव्ध छ, यो क्यावी जैविक संरक्षण पोर्टलले उत्पादक कृषकहरु तथा कृषिका सल्लाहकारहरुलाई आफ्ना वालीहरुका समस्याग्रस्त शत्रुजीवहरुका विरुद्ध प्रयोग हुने जैविक नियन्त्रण तथा जैविक विषादी उत्पादनहरुको पहिचान, श्रोत र सही प्रयोग गर्न सहयोग गर्दछ ।

बारम्बार सोधिने प्रश्नहरु

  • क्यावी जैविक संरक्षण पोर्टल के हो ?

    उत्पादक कृषकहरु र सुझावकर्ताहरुका लागि जैविक नियन्त्रण तथा जैविक विषादी उत्पादनहरुका बारेमा निःशुल्क सुचना श्रोत । यो क्यावी जैविक संरक्षण पोर्टलले यसका प्रयोगकर्ताहरुलाई उनीहरुको विशेष प्रकारका वाली शत्रुजीव समस्याहरुकालागि जैविक नियन्त्रण तथा जैविक विषादी उत्पादनहरुको पहिचान, श्रोत र सही प्रयोगमा मद्दत गर्दछ । यो उपकरण, स्मार्टफोन ट्याव्लेट तथा डेस्कटप कम्प्यूटरमा हेर्न सकिन्छ ।

  • यो कसका लागि हो र यसका विशेष फाईदाहरु के के हुन ?

    उत्पादक कृषकहरु र सुझावकर्ताहरु जसलाई मागअनुसार हालको र भरपर्दो जानकारी आवश्यक छ, स्थानीय रुपमा दर्ता भएका र बजार आवश्यकताहरु भेट्ने प्रभावकारी, कम विषाक्त उत्पादनहरु जुन उपलव्धता र सही प्रयोग सँग सम्वन्धीत छन । यो विशेषगरी बजार/निर्यात मापदण्डहरु पुरा गर्नकालागि धेरै विषाक्त रासायनिक विषादीहरुलाई जैविक उत्पादनहरुबाट प्रतिश्थापन गर्न विकल्प खोजिराखेका उत्पादक कृषकहरुलाई फाईदाजनक हुन्छ, वा समान्यरुपमा हाल उनीहरुले प्रयोग गरेका जैविक उत्पादनहरुको व्यापकता बढाउछ । यो उपकरण जैविक नियन्त्रण उत्पादन निर्माताहरु जो आफ्ना उत्पादनहरुको प्रयोग बढाउन चाहन्छन, उनीहररुकालागि अन्तर्निहित रुची हुन सक्छ, साथ साथै सरकारी नियामकहरु (विषादी रजिष्ट्रार) र निजी क्षेत्रका निर्णयकर्ताहरु जस्तै: बाह्य उत्पादक योजनाहरु, सहकारीहरु, स्वयंसेवक रुपमा प्रमाणिकरण योजनामा कार्य गरिराखेका संस्थाहरुका लागि पनि रुची हुन सक्छ ।

  • के प्रयोगकर्ताहरुले क्यावी जैविक संरक्षण पोर्टल प्रयोग गर्नकालागि पैसा तिर्नु पर्छ ?

    पर्दैन, यो पोर्टल अन्तिम प्रयोगकर्ताहरुका लागि निःशुल्क हो

  • यो पोर्टल मार्फत पहुँचयोग्य विशिष्ट सामग्री के हो ?

    प्रयोगकर्ताहरुले खोजीको शुरुवातकालागि आफ्नो देश र वाली शत्रुजीवको प्रश्न प्रविश्ट गर्छन । यो खोजीले निश्चित वाली शत्रुजीवको संयोजनकालागि तोकिएको देशमा प्रयोगका लागि पञ्जिकृत गरिएका जैविक नियन्त्रण र जैविक विषादी उत्पादनहरु (तिनीहरुको खास तत्व र निर्माता/दर्ता कर्ता सहित) को सूची तयार गरिदिन्छ । यस सम्वन्धी सुचनाको श्रोत प्रत्यक्षरुपमा सरकारद्वारा पञ्जिकरण गरिएका विषादीहरुको सूची बाट लिईन्छ । 

    वेभसाइटमा हाम्रा साझेदारहरुको उत्पादनहरुको लागि थप विस्तृत जानकारी पनि प्रदान गरिएको छ, उदाहरणका लागि, कार्य प्रकृत्ति, विशिष्ट भण्डारण/प्रयोगका निर्देशनहरु, वितरकहरुको सम्पर्क विवरणहरु, आदि । उत्पादन लेवलहरु, कम्पनी वेभसाइटहरु, उत्पादन तथ्यपत्रहरु, सुरक्षा तथ्याङ्क पानाहरु, को लिङ्क वेभसाईटमा पनि सम्मिलित छन । यो जानकारीले प्रयोगकर्ताहरुलाई कुन उत्पादन किन्ने र यसलाई कसरी सही रुपमा प्रयोग गर्ने भनेर सूचित निर्णय गर्न सक्षम बनाउँछ ।

    यो पोर्टलको सामग्री नियमितरुपमा अध्यावधिक गरिन्छ र प्रत्येक देशहरुले आवृत्ति अनुसार आफ्ना तालिकाहरु अध्यावधिक गर्छन ।

  • क्यावी जैविक संरक्षण पोर्टलको हालको भौगोलिक रुपमा ओगटेको क्षेत्र के छ र समय अवधिमा यो कसरी विकसित भैराखेको छ ?

    क्यावी जैविक संरक्षण पोर्टल आधिकारिक रुपमा केन्यामा फेब्रुअरी २०२० मा शुरु भएको थियो र अफ्रिका, एसिया, युरोप र अमेरिकामा त्यसबेलादेखि तीव्र गतिमा विस्तार भैरहेको छ । हाम्रा साझेदारहरु प्रायोजकहरु र दाताहरुसँगको सहकार्यमा देशहरु छनौट गरिएका छन ।

    मा हाल कुन कुन देशहरु पोर्टलमा समावेश छन र पाइपलाईनमा छन भन्ने बारे थप भेट्टाउनुहोस । https://bioprotectionportal.com/roadmap.

  • के यो क्यावी जैविक संरक्षण पोर्टल विभिन्न भाषाहरुमा उपलव्ध छ ?

    हो, प्रयोगकर्ताहरुले धेरैजसो वेभसाईट र अफलाईन एप छनौट गरिएका देशका स्थानीय भाषाहरुमा साथै अंग्रेजीमा समेत नेभिगेट गर्न सक्षम छन । खोज उपकरण प्रत्येक देशको स्थानीय भाषा र अंग्रेजीमा उपलब्ध छ ।

  • क्यावी जैविक संरक्षण पोर्टलले कसरी दान सहयोग प्राप्त गर्दछ ?

    पोर्टलले जैविक नियन्त्रण र जैविक विषादी उत्पादन जानकारीको निःशुल्क, अध्यावधिक र भरपर्दो विश्वव्यापी श्रोतको रुपमा विकास र व्यवस्थित गरिएको कुरा सुनिश्चित गर्न आर्थिक कोषहरु प्राप्त गर्नुपर्छ । बजेट आवश्यकताहरु पूरा गर्न तीनवटा कोष योजनाहरु छनः

    १. साझेदार सदस्यता - साझेदारहरु (जस्तै निजी क्षेत्रको जैविक नियन्त्रण उत्पादकहरु वितरकहरु इत्यादी) पोर्टलको विकासलाई सहयोग गर्न र उनीहरुको वार्षिक जैविक नियन्त्रण राजश्व नजिक निर्मित साझेदार शूल्क भुक्तानी गर्न तीन वर्षे प्रतिवद्धता गर्छन, जसलाई तलको तालिकामा उल्लेख गरिएको छ ।

    जैविक नियन्त्रण उत्पादनहरुको वार्षिक विक्रीसाझेदार सदस्यता शुल्क*
    युरो <०.५ मिलियन७२० युरो
    युरो ०.५-१ मिलियन९६० युरो
    युरो १-२ मिलियन१४४० युरो
    युरो २-५ मिलियन३८४० युरो
    युरो ५-१० मिलियन५७६० युरो
    युरो १०-५० मिलियन७६८० युरो
    युरो ५०-१०० मिलियन१४४०० युरो
    युरो >१०० मिलियन१९२०० युरो
    * Annual Partner Membership Fee will be reassessed after the Initial Period
    of three years to ensure future sustainability of the portal.

    २. प्रायोजन-प्रायोजकहरु (जस्तै निजी क्षेत्रका सरोकारवालाहरु) पोर्टलको विकास र मर्मतसम्भार (कांस्यः १,००० यूरो; रजतः २,५०० यूरो, स्वर्णः ५,००० यूरो र प्लेटिनमः १०,००० यूरो) को लागि स्तरबद्ध वार्षिक प्रायोजन मार्फत योगदान गर्छन ।

    ३. दाता कोष योजनाः क्यावीले सरकारी निकायहरुबाट उनीहरुको प्राथमिकताहरु, फोकस देशहरु र कोष योजनाहरु अनुसार पोर्टलको विकास र मर्मत गर्न सहयोग प्राप्त गर्छन ।

  • विकास संघ के हो ?

    परियोजना वितरण र माईलस्टोनहरुको समिक्षा गर्न, साथै डाटाबेसको भावि विकासको लागि सान्दर्भिक रणनीतिक र प्राविधिक मुद्दाहरुमा सल्लाह प्रदान गर्न विकास संघमा सक्रिय रुपमा भाग लिन साझेदारहरु, प्रायोजकहरु र दाताहरुलाई निमन्त्रणा गरिएको हुन्छ । विकास संघको सदस्यताबाट निम्न विशेषाधिकारहरु प्राप्त गर्न सकिन्छः

    • विकास संघको द्वैमासिक वैठकहरुमा एक सिट वा क्यावी सँगको पत्राचारबाट समान तहको इनपुट मार्फत डाटाबेसको विकासमा प्रभाव । यसमा डाटाबेसको नाममा अन्तिम निर्णय गर्ने र डाटाबेसले समेटेका देशहरुलाई प्राथमिकता क्रममा राख्ने विषयहरु, समावेश हुन्छन ।
    • कम्पनीको वेभसाईट सँगको लिङ्क मार्फत र बजारिकरण सम्बन्धी संचार सँग सम्वन्धीत सान्दर्भिक डाटाबेसमा कम्पनीको लोगो प्रदर्शनी मार्फत साझेदार, प्रायोजक तथा दाता सदस्यताको स्पष्ट कृतज्ञता ।
    • आधारभूत डाटावेश एनालिटिक्सका लागि निःशुल्क पहुँच, उदाहरणका लागि प्रति महिना प्रति हप्ता प्रति देशमा प्रयोगकर्ताहरुको संख्या, वाली शत्रुजीव खोजीको सिंहावलोकन, ईत्यादी ।
  • क्यावी जैविक संरक्षण पोर्टलको साझेदार बन्दाको फाईदाहरु के के हुन ?

    वहुमूल्य योगदान गरेबापत साझेदारहरुले तपसिल बमोजिमका विशेषाधिकारहरु पाउँछन :

    • क्यावी जैविक संरक्षण पोर्टलमा समावेश गरिएका देशहरुमा पञ्जिकृत गरिएका जैविक नियन्त्रण उत्पादनहरुसँग सम्वन्धीत अतिरिक्त सुचना (जस्तै: लेवलहरु, उत्पादन सम्वन्धी प्राविधिक तथ्यपत्रहरु, प्रयोग विधी सम्वन्धी सूचना, आपूर्तिकर्ता सम्वन्धी सूचना, आदि ) पोर्टलमा स्थानीय भाषाहरुमा प्रदर्शन गर्ने अवसर ।
    • पोर्टल वेभसाईट (कम्पनीको वेभसाईटमा हाईपरलिङ्क भएको) र बजारिकरण सम्बन्धी संचार सँग सम्वन्धीत सान्दर्भिक पोर्टलमा कम्पनीको लोगो प्रदर्शनी मार्फत साझेदार, प्रायोजक तथा दाता सदस्यताको स्पष्ट कृतज्ञता ।
    • शुरुको अवधिमा (३ वर्ष सम्म) पोर्टलबाट उत्पन्न बजार सँग सम्वन्धीत विश्लेषणात्मक प्रतिवेदनमा (जस्तै वास्तविक समयमा वा समयको निर्दस्ट अवधि भर कम्पनी उत्पादनहरु सँग प्रयोगकर्ताको अन्तर्क्रिया, आदि) निशुल्क पहुँच र शुरु अवधि पछिका पहिलो ३ वर्षकालागि वार्षिक खरिद मूल्यको १०% छुट ।
    • शुरुको अवधि पछिको पहिलो ३ वर्षका लागि वार्षिक साझेदार सदस्यता दरबाट १०% छुट ।
    • विकास संघको द्वैमासिक वैठकहरुमा एक सिट वा क्यावी सँगको पत्राचारबाट समान तहको इनपुट मार्फत पोर्टलको विकासमा प्रभाव । यसमा पोर्टलहरुले समेटेका देशहरुलाई प्राथमिकता क्रममा राख्ने, परियोजनाको उपलव्धी र माईलस्टोनहरुको समिक्षा र साथ साथै पोर्टलको भविष्यमा विकासकालागि यस सँग सम्वन्धीत रणनीतिक तथा प्राविधिक मुद्दाहरुमा सुझाव प्रदान गर्ने विषयहरु समावेश हुन्छन ।
  • क्यावी जैविक संरक्षण पोर्टलको तिव्र र वृहत्तर रुपमा उठाउने सुनिश्चितताका लागि कसरी बजारीकरण गरिन्छ ?

    क्यावी एक अद्वितिय अवस्थामा छ, ५० सदस्य देशहरु द्वारा शासित छ र यसको अनुसन्धान, अन्तर्राष्ट्रिय विकास र विश्वभर प्रकाशन कार्यका लागि साझेदारहरुको धेरै अतिरिक्त सञ्जालहरु छन । त्यसैले क्यावी ले क्यावी जैविक संरक्षण पोर्टलको बारेमा प्रचार गर्न र कृषि समुदायहरु, सरकारहरु र अन्य सान्दर्भिक संस्थाहरु बीच यसको सदुपयोगलाई प्रोत्साहित गर्न आफ्नो मौजुदा जडानहरु प्रयोग गर्दछ । पोर्टलको ठूलो मात्राको बजारीकरणका लागि हामीसँग धेरै सञ्चार च्यानलहरु प्रयोग गरी डिजिटल बजारीकरण रणनीति पनि छ । पोर्टलका साझेदारहरुलाई आफ्ना ग्राहक वर्ग एवं वितरक संजालहरु बिच यो उपकरणको बजारीकरण गर्न आफ्ना साझेदारहरुलाई प्रोत्साहन गरिन्छ । प्रयोगकर्ताका बारेमा हुने विश्लेषणले हामीलाई धेरै देशहरुमा विभिन्न प्रयोगकर्ता समूहहरु बीच पोर्टलको उपयोग र प्रयोगको मूल्याङ्कन गर्न, साथै हाम्रो बजारीकरण रणनीतिको मूल्याङ्कन र अनुकूलन गर्न सक्षम बनाउँछ ।